धनगढी: निर्माण व्यवसायी संघ कैलालीको २९ औं साधारणसभा तथा १२ औं अधिवेशन यही बैशाख २४ र २५ गते संघकै कार्यालयमा हुने भएको छ। अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि प्रतिस्पर्धा रोचक बन्दै गएको छ।
संघको अध्यक्ष पदका लागि चार जना आकांक्षीहरू देखिएका छन्। अध्यक्षमा धिरेन्द्र साउद, दिर्घराज जोशी, ओमराज पाठक र नविनकान्त पन्तले दाबी प्रस्तुत गरेका छन्। सबै आकांक्षीहरूले व्यवसायीहरूको हकहित संरक्षण, पारदर्शी नेतृत्व र निर्माण क्षेत्रको दिगो विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।


