धनगढी: राष्ट्रियसभा उपाध्यक्षमा एमालेबाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ । दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । दलीय सहमतिमा भण्डारीलाई अघि बढाउने सहमति भएको कांग्रेस सांसद पदम परियारले जानकारी दिए । ‘दलहरूका सहमतिअनुसार उपाध्यक्ष एमालेलाई दिने र संसदीय समितिमा कांग्रेसले २ र अरु दलले १/१ लिने सहमति भएको बुझिएको छ । त्यसको औपचारिक जानकारी भने आएको छैन,’ परियारले भने ।
राष्ट्रियसभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका ३ ९महन्थ ठाकुरसहित०, जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत २ (राष्ट्रियसभा अध्यक्षसहित) छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त छ ।

