धनगढी: नेपाल निर्माण व्यवसायी महासंघ को २६औँ साधारण सभा तथा १३औँ अधिवेशन (२०८२ चैत १७, १८ र १९ गते) नजिकिँदै गर्दा खुला तर्फ केन्द्रीय सदस्य पदमा सुदूरपश्चिमका लक्ष्मण बहादुर साउदले उम्मेदवारी घोषणा गरेका छन्। हाल सुदूरपश्चिमको उपाध्यक्षसमेत रहेका साउदले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनले सम्पूर्ण निर्माणका व्यवसायीलाई विजयी गराउन समर्थनको अपिल पनि गरेका छन्। सुदूरपश्चिम प्रदेशका युवा व्यवसायी साउदले लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। महासंघको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले निर्माण क्षेत्रको नीतिगत दिशा तय गर्नसमेत यसलाई महत्वपूर्ण रूपमा हेरिएको छ।


