धनगढी: कञ्चनपुरमा १०६ वर्षीय वृद्धले मतदान गरेका छन्। जिल्लामो भीमदत्त नगरपालिका–१० गड्डाचौकी निवासी १०६ वर्षीय गंगादत्त भट्टले सोही स्थानको श्री शिद्धनाथ माध्यमिक विद्यालय जिमुवा मतदान स्थलको “ख” केन्द्रमा पुगेर आफ्नो मत खसालेका हुन्।
उच्च उमेरका बाबजुद पनि भट्ट स्वयं मतदान केन्द्रमा पुगेर मतदान गरेपछि त्यहाँ उपस्थित मतदाता र सुरक्षाकर्मीले उनको उत्साहको प्रशंसा गरेका थिए। निर्वाचनमा सहभागी हुन उनले देखाएको उत्साहले अन्य मतदातालाई समेत प्रेरणा दिएको स्थानीयले बताएका छन्।

