धनगढी । कैलालीबाट प्रहरीले लागू औषध र बहु विवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएकी गोदाबरी नगरपालिका – १ की काजल पार्की र बहु– विवाह मुद्दामा १ बर्ष कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका – ३ का लाल बहादुर टमटा पक्राउ परेका हुन ।
दुवै जनालाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीली पक्राउ गरेको प्रहरीले जनाएको छ ।

