धनगढी । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढीको क्याम्पसरोडस्थित बसपार्कबाट आजदेखि हुलाकी राजमार्ग हुँदै हेटौडासम्मको रात्रीकालीन बस सेवा सञ्चालनमा ल्याएको छ।
नयाँ सेवाअन्तर्गत बस धनगढीबाट हसुलिया, भजनी, सत्ती, बर्दियाको गुलरिया, नेपालगञ्ज र कोहलपुर हुँदै हेटौडासम्म नियमित रूपमा सञ्चालन हुने प्रालिले जनाएको छ। यस सेवाले सुदूरपश्चिम, मध्यपश्चिम हुँदै मध्य नेपालको यात्रा गर्ने यात्रुहरूलाई सहज, सुरक्षित र समयमै गन्तव्यमा पुग्न सहयोग पुग्ने विश्वास लिइएको छ।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले हुलाकी राजमार्ग मार्फत नयाँ गन्तव्य जोडिँदा यात्रुहरूलाई वैकल्पिक र सहज यात्रा सुविधा उपलब्ध हुने बताए ।
यात्रुहरूको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै रात्रीकालीन बस सेवा सुरु गरेका बताउदै अध्यक्ष सापकोटाले सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो प्रमुख उद्देश्य रहेको बता
ए । उनले नयाँ सेवा सञ्चालनसँगै व्यवसाय, रोजगारी, शिक्षा तथा उपचारका लागि यात्रा गर्ने यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताउदै सम्पूर्ण यात्रु महानुभावहरूलाई सेवाको मौका लिन आग्रह गरे ।
प्रालिका अनुसार बस सेवा नियमित रूपमा सञ्चालन हुने र यात्रुहरूको सुविधाका लागि आवश्यक व्यवस्थापन तथा सुरक्षामा विशेष ध्यान दिइने बताइएको छ ।

