कञ्चनपुरः कुटपिट मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले कुटपिट मुद्दामा १ महिना कैद सजाय तोकिएको भीमदत्त नगरपालिका(८ तिलाचौर बस्ने २५ वर्षीय हरिश दमाई पक्राउ परेका हुन्। दमाईलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

