धनगढी: कैलाली जिल्लाका १०८ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ। जिल्लाका ३ वटा स्थानीय तहमा रहेका २३६ मतदान स्थल अन्तर्गतका ६२९ मतदान केन्द्रमध्ये १०८ अति संवेदनशील, १०६ संवेदनशील र २३ सामान्यको सूचीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
संवेदनशील सूचीमा रहेका मतदान केन्द्रहरूको जिल्ला सुरक्षा समिति कैलालीले नियमित अनुगमन गरिरहेको छ। सुरक्षाको दृष्टिले संवेदनशील ठहर गरिएका कैलालीका १०६ मतदान स्थलमा अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक हिरालाल रेग्मीले जानकारी दिए। उनका अनुसार सुरक्षा समिति गठन भएसँगै अनुगमन कार्यलाई तीव्रता दिइएको हो।
निर्वाचनका लागि आवश्यक सुरक्षा योजना निर्माण, मतपत्र ढुवानीलगायतका कार्य सहज र प्रभावकारी बनाउन अनुगमन महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा १८ हजार २१३ नयाँ मतदाता थपिएका छन्। यससँगै जिल्लामा कुल मतदाता संख्या ५ लाख ३५ हजार ३४४ पुगेको छ।


