धनगढी: अछाममा दुई किशोरी मृत फेला परेका छन्। तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा दुई किशोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार घर नजिकैको वनमा रहेको एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार १५ वर्षीया साउनी बिक र १२ वर्षीया प्रेमकला बिकको शव बिहिवार बिहान स्थानीय जंगलमा झुन्डिएको अवस्थामा भेटिएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


