केसब बिस्ट -जापान: कुरुमे पल्टन्सको आयोजनामा यहि महिनाको २०/२१ तारिकमा दोस्रो कुरुमे कप क्रिकेट आयोजना हुने भएको छ । प्रवासमा रहेका नेपालिहरु बिच आपसि सद्भाव भाईचारा प्रवर्दनको उदेश्यले कुरुमे आसपासको क्षेत्रमा बस्दै आएका नेपालि खेल प्रेमि युवाहरुका लागि निरन्तर रुपमा खेलकुदका साथै अन्य सामाजिक गतिविधि पनि गर्दै आएको कुरुमे पल्टन्सले यो सिरिजको टुनामेन्ट ओगोरीको क्षेत्रिय खेल मैदान र तोसु खेल मैदान गरि दुई मैदानमा दुई दिन सम्म चल्ने बताएको छ ।
आयोजकका अनुसार उद्घाटन खेल भने टोसु खेल मैदानमा बिहान ८ बजे देखि हुने छ भनिएको छ । बिगत तिन बर्ष अगाडी स्थापना भएको कुरुमे पल्टन्स समुहले यस अगाडी पनि एउटा संसकरण गरि सकेको छ। यहि महिनाको ७ तारिक सम्म अन्तिम टिम दर्ता मिति रहेकोमा आयोजक सहित गरेर १० वटा टिमले सहभागिता जनाउने भएका छन ।
खेलमा बिजेताले १५५,५५५ ऐन र उप-बिजेताले ७५,५५५ऐन नगद सहित ट्रफि , मेडल र प्रमाण पत्र पाउने छन । त्यस बाहेक सिरिजको उत्कृष्ट खेलाडी, उत्कुष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले पनि उचित पुरस्कार पाउने जनाइएको छ । टुनामेण्टलाई कुरुमे एकता समाज लगायत बिभिन्न संघ संस्था तथा ब्यत्किहरुको साथ समर्थन र सहयोग रहेको आयोजक टिमका कप्तान प्रबिन बि.के जानकारि दिएका छन । टाईसिट र खेल समय तालिका केहि दिनमा सार्वजनिक हुने आयोजकले बताएको छ । साथै खेल प्रेमि सबैजनालाई खेलको आनन्द लिन पनि आयोजक टिमका सदस्य दिपेन सिंङले आह्वान गरेका छन ।


