धनगढी: “हाम्रो धनगढी हामी बनाउछौँ” अभियान स्वरुप धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा ४५ दिनसम्म बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । वडा नम्बर १२ ले शान्ति शुरक्षा, लागु औषध, घरेलु मदिरा, घरेलु हिसां, झै–झगडा, बाल विवाह, बहु विवाह, तथा सरसफाइका साथै अन्य बिकृतीको नियन्त्रण सम्बन्धी ४५ दिनसम्म अभियान सञ्चालन गरेको हो । गत चैत ८ गतेबाट शुरु भएको अभियान आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।
४५ दिनसम्म वडाका जनप्रतिनिधी, कर्मचारी, शुरक्षा निकाय, महिला स्वास्थ्य स्वयमसेविका सगैं बिभिन्न टोलबासीको सहभागितामा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष शेर बहादुर महराले बताए । ४५ दिनसम्म बिभिन्न कार्यक्रम, घरदैलो अभियान, टोल सरसफाई, जनचेतनात्मक शन्देस दिइएको उनले बताए । टोलबासी हरुलाई बोलाएर अन्तरक्रिया उहाँहरुका समस्या बारे जानकारी लिएर हामीले यो अभियान सञ्चालन गरेका हौँ अध्यक्ष महराले भने “अनी टोलमा गएर जनचेतना दियौँ ६ गाउँका सार्वजनिक क्षेत्रलाई धुम्रपान मध्यपान निशेधित क्षेत्र बनाउने घोषणा गरेका छौँ, सरसफाइ सम्बन्धी लागी दुई दिन तालिम दिएर सरसफाई सगैं डस्टविन वितरण पनि गरेका छौँ, यसका साथै छाउपडि पर्था सम्बन्धी जनचेतनाका साथै छाउगोठहरु समेत भत्काएका छौँ ।”

यसका साथै मनोरोग बिशेषज्ञ चिकित्सक बोलाएर लागुऔषध बिरुद्धको सचेतना कार्यक्रम पनि आयोजना गरिएको उनले बताए । अभियानमा बजार अनुगमन, बाल विवाह, बहु विवाह सम्बन्धी पनि जनचेतना दिइएको उनले बताए । यसका साथै कानुन बिपरित गतिबिधि गरेमा हुने सजायका बारेमा समेत.कानुनी सल्लाहकार बिर बहादुर जेठारालाई बोलाएर जानकारी दिएको उनले बताए ।
४५ दिने अभियान आज सम्पन्न भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्न प्रदेशसभा सदस्य शन्तोस सर्मा थपा सहभागी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य थापाले अहिलेसम्म पनि छाउपडि पर्था कायम रहनु दुखद रहेको बताइन् । हामी आफै परिवर्तनमा लागेनौँ भने देश अनी समाज बन्दैन उनले भनिन् “कुरिती, कुसंस्कार रोक्न सबै एक हुनुपर्छ, वडाले यसलाई अभियानका रुपमा सञ्चालन गरेर धेरै सचेतना दिएको पाए, यो धेरै राम्रो कुरा हो, त्यस कारण कुरितिलाई हटाएर पछिल्लो समय बिभिन्न कुलतमा लागेर बिग्रिदै गएको समाज सुधार गर्ने दायित्व समेत तपाई हामी सबैको हो, हामी एकजुट हुनुपर्छ ।”
कार्यक्रमकै अवशरमा उद्घोषण तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । यसका साथै बिपन्न नागरिकलाई झुल वितरण र महिला स्वास्थ्य स्वयमसेविका हरुलाई साइकल वितरण गरिएको थियो ।



