धनगढी: उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले भारतबाट भन्सार छलेर भित्रिने समान रोक्न ब्यवसायीहरुले सहयोग गर्नुपर्ने बाएका छन् । मगंलबार कैलाली उधोग बाणिज्य सघंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अबैध बाटोबाट आयात हुने समान रोक्न ब्यवसायी एकमत हुनुपर्ने बताएका हुन् । नेपाली ब्यवसायीहरुले चाडवाडका नाममा दैनिक उपभोग्य बस्तुको अचाकली मुल्य लाउने प्रवृती हटाए भोलीबाटै भन्सार नाकाबाट एक सय रुपयाँ भन्दा बढीको समान बिना भन्सार आउनबाट रोक लगाइने मन्त्री भण्डारीले बताए । ल कैलाली उधोग बाणिज्य सघंलेनै यसको अगुवाई गरोस, हामी कुनैपनि समानको कृतिम अभाव श्रृजना गर्दैनौँ, सरकारले तोकेको मुल्य भन्दा एक रुपयाँ बढी लिदैनौँ भन्ने प्रतिबद्धता गर्नुस, सरकारले गरेको १ सय रुपयाँ बढीको समानमा पुर्ण भन्सार लाइने निति भोलीबाटै कार्यान्वयन हुन्छ, मात्र ब्यवसायीहरुकै सहयोग चाहिन्छ, फेरी समान समातिए ब्यवसायीहरुनै आन्दोलन गर्न नपुग्नुहोला ।”
भन्सार बिना भित्रिने समानमा कडाई गर्न समेत मन्त्री भण्डारीले शुरक्षा निकायलाई निर्देशन दिएका छन् । सरकारले लिएको भन्सार राजश्व लक्षभन्दा दोब्र अशुल हुने गरी लाग्न उनले निर्देशन दिए । हामी ब्यवसायी मैत्री बन्न खोजिरहेका छौँ उनले भने “कोरोनाबाट सिथिल अर्थतन्त्र माथी उकास्ने प्रयासमा छौँ, सरकारलाई सहयोग गर्ने दायित्व सबैको हो नी, सरकार बलियो भयाृ भने देशको अर्थतन्त्र बलियो हुन्छ, देशको स्वाधिनता बलियो हुन्छ, अनी ब्यापारीपनि बलियो हुन्छन्, हामीले निति बनाइदिने हो, ब्यवसायमैत्री निति बनाउनमा हामी बनाइरहेका छौँ, कहाँ समस्या छ भन्नुस हामी परिमार्जन गर्ने छौँ, तर सरकारलाई सहयोग गर्नुस, सरकारी नियम पालना गरिदिनुस, सरकार बलियो बने यो समस्या सबै समाधान हुन्छ ।”
दोधरा चाँदनी सुख्खा बन्दरगाह तथा छेला औधोगिक क्षेत्र स्थापनाको प्रक्रिया निरन्तर अगाडी बढेको मन्त्री भण्डारीले बताए । भारत र नेपाल दुइटै देशको सहकार्यमा सुख्खा बन्दरगाहको काम अगाडी बढिरहेको छ, उनले भने “रुख कटान, जग्गा अधिकरण लगायतका कामका लागी अनुमती पाइसकेको छ, भारत र नेपालका सचिव स्तरिय छिट्टै छलफल हुँदैछ र रहेका समस्या सो छलफलबाट समाधान हुने छन्, छेलामा सरकारी बजेटमा संरचना बनाउन सक्ने स्थिती छैन, हामी निजि लगानी खोजिरहेका छौँ, हामी जग्गा दिन्छौँ, निजि क्षेत्रले लगानी लगाओस र भाडा उठाओस हामी त्यो खालको निति बनाउन तयार छौँ ।”

हामी आयातमै निर्भर छौँ अब निर्यातमुखी बन्न जरुरी छ उनले भने “सरकारले कस्तो खालको निति बनाउनु पर्ने हो हामी बनाउँछौँ तपाइहरु सुझाव दिनुस, हामी ब्यवसाय फस्टाउने तर्फ केन्द्रित छौँ, हामीले नारामै भनेका र्छौ मन्दीबाट सम्बृद्धी’ भनेर यो यात्रामा हामी अगाडी बढेका छौँ तपाइहरु सहयोग गर्नुस ।” मन्त्री भण्डारीले गेटामा प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालयको प्रक्रिया निरन्तर अगाडी बढेको बताए । स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सम्बन्धी बिधेयक समितिमा छ, उनले भने “त्यहाँबाट पारित भएपछि कानुनका रुपमा अगाडी बढ्ने छ र त्यसपछिका अन्य पक्रिया शुरु हुने छन्, स्वास्थ्य बिज्ञान बिश्वबिद्यालयका लागी बजेट बिनियोजन भएको छ, अब कानुन बनेपछि बिकास समिति बन्ने प्रक्रिया अगाडी बढ्छ र त्यसपछि अस्पतालका शैया बढाउने कुरा र बिश्वबिद्यालय सम्बन्धी सबै काम अगाडी बढ्छन्, यसमा कसैले दुबिधामा नपरे हुन्छ ।”
चाडवाडका बेला कृत्रिम अभाव श्रृजना गरेर उपभोक्तालाई समस्यामा पार्ने काम नगर्न मन्त्री भण्डारीले आग्रह गरेका छन् । स्थानिय प्रशासनलाई चाडवाडका बेला अनुगमन प्रभावकारी बनाउन निर्देशन दिदै उनले कृत्रिम अभाव गर्ने, अखाद्य बस्त बिक्रि वितरण गर्नेमाथी आवश्यक कार्वाही गर्न उनले निर्देशन दिए ।


