डोटी – डोटीमा भाइले कोदालो प्रहार गरी आफ्नै दाइको हत्या गरेका छन्। जोरायल गाउँपालिका–६ डाँडागाउँ का ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाई गणेशबहादुर जोराको हत्या गरेका हुन । सोमवार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाई गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घरायसी विवादपछि झगडा हुँदा भाइले कोदालो प्रहारबाट दाईको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले कोदालो प्रहार गर्ने नरबहादुरलाई पक्राउ गरिसकेको जनाएको छ ।
डोटीमा भाइले गरे दाईको हत्या
डोटीमा भाइले गरे दाईको हत्या
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

