डोटीः डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्। जिल्लाको आदर्श गाउँपालिका–३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको छ। सोहि ठाउँकी अन्दाजी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छन्। मृतक कौमती देवी नातिनीसहित आफ्नो घरबाट आदर्श गाउँपालिका–६ सौकल्लामा माइति घर जाँदै थिइन्। उनिहरु आदर्श गाउँपालिका–३ कै उन्ने ओडार भन्ने ठाउँमा बाटो माथिबाट आएको पहिरोमा परेको प्रहरीले जनाएको छ। घाइते बालिकाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। प्रहरी टोली घटनास्थलमा गइरहेको छ।
डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु
डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

