एजेन्सी- भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार जना नेपाली नागरिकको ज्यान गएको छ । गएरातिको अविरल वर्षाका कारण रुद्रप्रयाग जिल्लाको केदारनाथको फाटा हेलिप्याड नजिक पहिरोमा पुरिएर चार जना नेपाली मजदुरको ज्यान गएको ‘द इन्डियन एक्सप्रेस’ले जनाएको छ । ज्यान गुमाउनेमा रुद्रप्रयागमा कार्यरत नेपाल घर भएका तुलबहादुर, पूर्ण नेपाली, किश्न परिहार र चिकु बुरा रहेका खबरमा उल्लेख छ । चारै जना हेलिप्याड नजिकैको शिविरमा बसिरहेका बेला पहिरोमा पुरिएका स्थानीय प्रशासनले जनाएको छ । उद्धारकर्ताहरूले चारै जनाको शव रुद्रप्रयाग लगेका खबरमा उल्लेख छ ।
भारतमा पहिरोमा पुरिएर ४ नेपाली मजदुरको मृत्यु
भारतमा पहिरोमा पुरिएर ४ नेपाली मजदुरको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

