धनगढीः कैलालीमा अटोको ठक्करबाट एक महिला घाइते भएकी छन्। जिल्लाको बर्दगोरीया गाउँपालिका–५ रामपुरमा अटोले साइकलमा सवार रहेकी एक महिलालाई ठक्कर दिँदा घाइते भएकी हुन्।
दिलबहादुर विकले चलाएको बौनियाबाट रामपुर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ह ५८९४ नम्बरको अटोले विपरीत दिशाबाट साइकलमा आइरहेकी ५५ वर्षीया सुनारमतिदेबी कठरीयालाई ठक्कर दिँदा घाइते भएकी हुन्।


