धनगढी : कैलालीको गोदावरी नगरपालिकाकी एक युवती सहित २ जना फरार प्रतिवादी पक्राउ परेका छन । प्रहरीले लागुऔषध मुद्धामा फरार रहेकी गोदावरी नगरपालिका – ८ की १९ वर्षिया जानकी पाल र बन मुद्धामा फरार रहेका कैलालीकै जानकी गाउँपालिका – ८ का ४१ वर्षिय नरेन्द्र पुरीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीले लागु औषध मुद्धामा गोदावरीकी पाललाई ४ महिना कैद सजाय र नगद रु। १० हजार जरिवाना तोकेको थियो भने जानकी गाउँपालिकाका पुरीलाई बन मुद्धामा ६ हजार ९ सय रुपैया जरिवाना तोकेको थियो । उनिहरु दुवै जनालाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


