धनगढी,: नेपाल पत्रकार महासंघ सुदूर प्रदेश समितिले पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई सञ्चार गृह पत्रकारिता सम्मान प्रदान गरेको छ । पत्रकार उपाध्यायलाई सुदूर पश्चिमको पत्रकारिताको विकासका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि निर्बाह गरेको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिले शुक्रवार धनगढीमा आफ्नो तेस्रो अधिबेशन तथा चौथौ साधारण सभामा सम्मान गरेको हो । सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पत्रकार उपाध्यायलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरे ।
नेपाल पत्रकार महासंघ सुदूर पश्चिम समितिले साधारण सभामा पत्रकार सिद्धराज भट्ट, पत्रकार अर्जुन शाह, राजेन्द्र नाथ, निमेन्द्र शाही, हेमन्ती चौधरी, कर्ण शाह र सुदूर पश्चिमका सर्बाधिक रक्तदाता पत्रकार दीपक उपाध्यायलाई समेत सम्मान गरेको छ ।


